केन्द्रद्वारा ‘सिकाइ चौतारी’ अनलाइन शुरु

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षाको पठनपाठन गराउन कक्षा १ देखि १० सम्मका अनलाइन सामग्री समावेश गरी छुट्टै एडु पोर्टल ‘सिकाइ चौतारी’ शुरु गरेको छ ।

केन्द्रले कोरोना भाइरस ९कोभिड–१९० का कारण लकडाउन भएपछि विद्यार्थी घरमै बस्नुपरेकाले उनीहरुलाई लक्षित गरी सरकारीस्तरमा नयाँ सिकाइ पोर्टल शुरु गरेको हो । यो पोर्टल हेर्न चाहनेले सोझै learning.cehrd.gov.np मा क्लिक गर्नु पर्छ । पोर्टलमा कक्षा १ देखि १० सम्मका विषयगत सिकाइ सामग्रीहरु राखिएका छन् । सामग्रीहरु अंग्रेजी र नेपाली दुबै भाषामा छन् ।

यसमा कथा संग्रहदेखि अरु विभिन्न रोचक सामग्री समावेश गरिएका छन् । भर्खरै शुरु गरिएको हुँदा सबै तहका विषयगत सामग्रीहरु भरिएका छैनन् । ‘राख्ने क्रममै छौं, क्रमशः सामग्री समावेश गरिनेछन्,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले भने, ‘घरमै बसेर सिक्ने बनाउन यो खालको पोर्टल सहयोगी हुनेछ ।’

महानिर्देशक डा. थपलियाले अरु देशमा अनलाइनमार्फत् विद्यार्थीले शिक्षक भेट्न सक्ने अवस्था रहेको तर यहाँ सम्भव नभएकाले कमसेकम सिकाइ सामग्रीलाई पोर्टलमा राखिदियो भने डाउनलोड गरेर पढ्न वा सिक्न सकिने बताए । सिकाइ चौतारी अनलाइनमा राखिएका सामग्री पाठ्क्रमअनुसार रहेको उनले जानकारी दिए ।

यसैबीच, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले घरमै रहेर सिक्नका लागि कक्षा ९ र १० का लागि ९५० वटा भिडियो पाठ पनि तयार गरेको छ । यसलाई nced virtual class को नाम दिइएको छ । साथै, कक्षा इसिडिदेखि ३ सम्मका लागि छुट्टै पठन सामग्री केन्द्रले तयार पारिसकेको छ । यसलाई पनि सिकाइ चौतारी अनलाइन पोर्टलमा राखिने महानिर्देशक डा. थपलियाले बताए ।

इन्टरनेटको पहुँच र कम्प्यूटर एवं मोवाइल नभएका विद्यार्थी भने यो सुविधाबाट बञ्चित हुनेछन् ।

  • nlanews

    Related Posts

    पुस्तकालय दर्पण अंक–२ विमोचन

    भक्तपुर, मङ्सिर २७, २०८२ ।नेपाल पुस्तकालय संघको नियमित म्यागेजिन पुस्तकालय दर्पण को दोस्रो अंक विमोचन गरिएको छ । पुस्तकालय विज्ञान तथा शिक्षामा पुस्तकालयको भूमिका र महत्व प्रवर्द्धन गर्ने उद्देश्यले संघले…

    नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको तर्फ बाट दुई दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न 

    पोखरा, मङ्सिर २८, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखरा र नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा दुई दिने पुस्तकालय व्यवस्थापन तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *