पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण : शिक्षामन्त्री भट्टराई

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा सोमबार राष्ट्रिय पुस्तक नीति- २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिनेक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालयलाई अत्यावश्यक पुस्तकसहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गरिन् ।

शिक्षामन्त्री भट्टराईले पुस्तक नीतिलाई अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाव संकलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने बताइन् । उनले लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरुलाई सिकाएर एवम् पढ्नेले पढ्न सिकाएर पुस्तकको महिमा बढाउन सकिने धारणा राखिन् ।

मन्त्री भट्टराईले प्रकाशक, लेखक पुस्तक व्यवसायीसहित सरोकारवाला सबैको सहजीकरणका लागि पुस्तकालय ऐन ल्याउने सोच रहेको बताइन् । मन्त्रालयले राष्ट्रिय पुस्तक नीति- २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको हो । मन्त्री भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

अन्तरक्रियामा सांसद, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, विभिन्न प्रकाशन, काठमाडौं उपत्यका सार्वजानिक पुस्तकालयसहित रिड नेपाल, बालपुस्तक विकास तथा छनोट मस्यौदा कार्यदल, डिल्लीरमण रेग्मी पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तक तथा विक्रेता संघ, नेपाल सामुदायिक पुस्तकालय संघ, त्रिवि केन्द्रीय पुस्तकालय, नेपाल पुस्तकालय संघ, मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति थियो ।

अन्तरक्रियामा पुस्तक नीतिमा समेटिएका सकारात्मक पक्षको समीक्षासहित सुधारका लागि विभिन्न सुभाव प्राप्त भएको मन्त्रालयले जनाएको छ । विसं २०६४ देखि विभिन्न कार्यदल गठन हुँदै मस्यौदा तयार पारिएको भए पनि हालसम्म पुस्तक नीति स्वीकृत हुन सकेको छैन ।

~आश्विन २१, २०८१ कान्तिपुर

  • nlanews

    Related Posts

    Library and Information Science Education in Nepal: A Comprehensive Overview

    ~Pushparaj Subedi, The field of Library and Information Science (LIS) in Nepal has seen significant growth over the past few decades, evolving from a primarily informal profession to a structured…

    राष्ट्रिय पुस्तक नीति २०८१ र बालपुस्तक बिकास तथा छनोट सम्बन्धी मापदण्ड २०८१ को मस्यौदामा राय सुझाव माग

    राष्ट्रिय पुस्तक नीति २०८१ को मस्यौदा राय सुझाव संकलनको लागि सूचना | Ministry of Education, Science and Technology   बालपुस्तक बिकास तथा छनोट सम्बन्धी मापदण्ड २०८१ को मस्यौदा राय सुझाव…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *