अमेरिकी पुस्तकालय संघ ALA को निमन्त्रणामा नेपाल पुस्तकालय संघ NLA का उप-महासचिव सिकागोमा ।

काठमाडौं, असार १७ (जुलाई १) — विश्वकै सबैभन्दा पुरानो, ठूलो तथा प्रतिष्ठित पुस्तकालय संस्थामध्ये एक अमेरिकी पुस्तकालय संघ (American Library Association–ALA) को १५०औँ वार्षिक सम्मेलन तथा प्रदर्शनी (Annual Conference & Exhibition 2026) मा नेपाल पुस्तकालय संघ (NLA) का उप-महासचिव तथा पृथ्वीनारायण क्याम्पस, पोखराका पुस्तकालय प्रमुख किशोर सुबेदी ले नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागिता जनाउनु भएकाे छ।

पुस्तकालयको विकास, गुणस्तरीय सेवा प्रवाह, पुस्तकालयसम्बन्धी नीति तथा कार्यक्रम निर्माण, भावी रणनीति तर्जुमा, पुस्तकालय पेशा तथा पुस्तकालयकर्मीहरूको हकहितको संरक्षण र प्रवर्द्धन, साथै पठन संस्कृतिको विकासमार्फत राष्ट्रिय साक्षरता र शैक्षिक उन्नयनमा योगदान पुर्‍याउने उद्देश्यले विश्वभर पुस्तकालय संघहरूको स्थापना र सञ्चालन हुँदै आएको छ।

सम्मेलनमा सहभागितापछि प्रतिक्रिया दिँदै सुबेदीले विकसित मुलुकहरूमा पुस्तकालय क्षेत्रमा अपनाइएका उत्कृष्ट अभ्यास (Best Practices) अध्ययन गर्ने, नेपालको पुस्तकालय क्षेत्रका उपलब्धि र गतिविधिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने, विभिन्न देशका पुस्तकालयकर्मीहरूसँग अनुभव आदान–प्रदान गर्ने तथा त्यहाँबाट प्राप्त ज्ञान र अनुभव नेपालका पुस्तकालयकर्मीहरूमाझ साझा गरी समग्र पुस्तकालय पेशाको गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले आफू सहभागी भएको बताउनुभयाे।

सम्मेलनका क्रममा उहाँले ALA को अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने पदाधिकारीहरूसँग नेपाल पुस्तकालय संघ (NLA) का गतिविधि तथा भावी सहकार्यका विषयमा विस्तृत छलफल भएको जानकारी दिए। छलफलका प्रमुख विषयहरूमा नेपाल संघीय संरचनामा प्रवेश गरेपछि ड्यूई डेसिमल वर्गीकरण (DDC) को Area Table मा नेपालको सातै प्रदेशलाई छुट्टाछुट्टै Area Number प्रदान गर्ने व्यवस्था, ALA र NLA बीच संस्थागत सहकार्य तथा सम्बन्ध विस्तार, नेपाली पुस्तकालयकर्मीहरूका लागि अनलाइन तालिम सञ्चालन, उच्च शिक्षाका लागि छात्रवृत्तिका अवसर, पुस्तकालय सेवामा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, शारीरिक तथा दृष्टि अपाङ्गता भएका सेवाग्राहीका लागि समावेशी पुस्तकालय सेवा, NLA द्वारा प्रकाशित Access जर्नलमा अनुसन्धान लेख प्रकाशन, साथै नेपाल पुस्तकालय संघले आगामी वर्ष आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा ALA का प्रतिनिधिहरूलाई निमन्त्रणा र नेपाल भ्रमणको प्रस्ताव लगायतका विषय समावेश रहेका थिए।

सुबेदीका अनुसार यी विषयमा अत्यन्त सकारात्मक छलफल भएको छ। आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपाल पुस्तकालय संघ (NLA) को पहिचान स्थापित गर्न, ALA सँग औपचारिक सम्बन्ध विस्तार गर्न तथा भविष्यका सहकार्यका ढोका खोल्न महत्त्वपूर्ण कोशेढुङ्गाको भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे।

यस अवसरका लागि अमेरिकी पुस्तकालय संघ (ALA) तथा नेपाल पुस्तकालय संघ (NLA) प्रति विशेष कृतज्ञता व्यक्त गर्दै अमेरिका बसाइका क्रममा निरन्तर सहयोग पुर्‍याउने साथीहरू लक्ष्मण गुरुङसन्दीप भण्डारी प्रति हार्दिक आभार प्रकट गर्नुभयाे।

उल्लेखनीय छ कि ALA को १५०औँ वार्षिक सम्मेलन तथा प्रदर्शनी अमेरिकाको शिकागो शहरमा जुन २५ देखि २९, २०२६ सम्म आयोजना भएको थियो। सम्मेलनमा विश्वका ४६ देशका करिब १५ हजार पुस्तकालय तथा सूचना व्यवसायीहरूको सहभागिता रहेको थियो।

nlanews

Related Posts

Global Library Summit 2025: A Landmark Event in Library Diplomacy

New Delhi, February 5-7, 2025 – The much-awaited Global Library Summit 2025 commenced at the South Asian University, New Delhi, bringing together scholars, librarians, and information professionals from across the…

Nepal Library Association Launches First Annual Magazine, Intellect Horizon

Kathmandu, January 24, 2025 –Nepal Library Association (NLA) proudly announces the publication of its first annual magazine, on the occasion of International Education Day. The inaugural ceremony took place in…

Leave a Reply

Your email address will not be published. Required fields are marked *