नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशकेा नेतृत्वमा पोखरामा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न ।

गण्डकी प्रदेश, १४ पौष, २०८१,

पोखरा सार्वजनिक पुस्तकालयमा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल पुस्तकालय संघ गण्डकी प्रदेश र पोखरा सार्वजनिक पुस्तकालयअमेरिकन कर्नर पोखराद्वारा संयुक्त रुपमा तालिम सम्पन्न भएको हो ।

तालिममा पोखरास्थित विभिन्न विश्वविद्यालय, क्याम्पस, विद्यालय, हस्पिटल र सरकारी निकायका पुस्तकालयमा कार्यरत कर्मचारीहरु र अन्य गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।

पुस्तकालयमा विद्युतीय स्रोत सामग्रीहरुको खोजी तथा तिनको व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित तालिममा विभिन्न वेभसाइट, डाटावेश लगायतका आधिकारिक स्रोतहरुबाट आवश्यकता अनुसारका पुस्तक, जर्नल, शोधपत्र, अनुसन्धात्मक लेखरचना लगायतका विद्युतीय सामग्रीहरु प्राप्त गर्ने तरिका, संस्थागत रजिष्ट्रेशन गर्ने विधि र पुस्तकालय अटोमेशनबारे पुस्तकालय विज्ञहरु मीनकुमारी डल्लाकोटी, दुर्गाप्रसाद आचार्य, किशोर सुवेदी र सूर्य क्षेत्रीले सहजीकरण गरेका थिए ।

तालिमको समापनका अवसरमा  पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा.डा विश्व श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै ई–लाइब्रेरीको प्रयोग र व्यवस्थापनजस्तो गहन विषयको तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै यस प्रकारका तालिम र कार्यशालाहरु नियमित रुपमा सञ्चालन गर्ने योजना रहेको बताए ।

नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशकी अध्यक्ष मीन कुमारी डल्लाकोटीले समसामयिक विषयकेन्द्रित तालिम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस प्रकारका थप कार्यक्रमहरु गर्ने बताइन् ।

कार्यक्रमको समापनमा सहभागीहरुको तर्फबाट धु्रव केसी र धनुमाया पहारीले आ–आफ्ना अुनभवहरु राख्दै तालिम अत्यन्तै उपयोगी, समसामयिक एवम् सान्दर्भिक रहेको धारणा राखेका थिए ।  उक्त कार्यक्रमको संचालन नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशका सचिव शभुवन  ढकालले गरेका थिए ।

Related Posts

पुस्तकालय दर्पण अंक–२ विमोचन

भक्तपुर, मङ्सिर २७, २०८२ ।नेपाल पुस्तकालय संघको नियमित म्यागेजिन पुस्तकालय दर्पण को दोस्रो अंक विमोचन गरिएको छ । पुस्तकालय विज्ञान तथा शिक्षामा पुस्तकालयको भूमिका र महत्व प्रवर्द्धन गर्ने उद्देश्यले संघले…

नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको तर्फ बाट दुई दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न 

पोखरा, मङ्सिर २८, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखरा र नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा दुई दिने पुस्तकालय व्यवस्थापन तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार,…

Leave a Reply

Your email address will not be published. Required fields are marked *