लुम्बिनी प्रदेशमा सत्रौं पुस्तकालय दिवस भव्यताका साथ मनाइयो ।

~विष्णुप्रसाद गजुरेल, रुपन्देही

बुटवल देविनगर स्थित “लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय सञ्चालन तथा व्यवस्थापन विकास सेल” ले सत्रौं पुस्तकालय दिवसको अवसरमा पुस्तकालय दिवस मूल समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पुस्तकालय दिवस मनाउने सन्दर्भमा साताव्यापी विभिन्न कार्यक्रमहरु भएका थिए जसअन्र्तगत क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई खुला निबन्ध प्रतियोगिता आयोजना भदौ १२ गते सञ्चालन भएको थियो जसमा विभिन्न कार्यक्रममा अध्ययनरत २३ जना विद्यार्थीहरुको सहभागिता थियो ।
भाद्र १५ गते लुम्बिनी वाणिज्य क्याम्पसमा पुस्तकालय व्यवस्थापन तथा विकास सेलले सत्रौं पुस्तकालय दिवसको अवसरमा पुरस्कार तथा सम्मान कार्यक्रम गरेको थियो । उक्त कार्यक्र्रममा प्रमुख अतिथि, डा.मुरारि पराजुली, बिशिष्ट अतिथि प्रा.डा. ताराप्रसाद उपाध्याय, कर्मचारी संघ अध्यक्ष श्री पुष्कर भुसाल, प्राध्यापक संघ सभापति उपप्रा.धनबहादुर पुन तथा स्ववियु सभापति श्री विजय कार्की लगायतको उपस्थिति थियो भने स्वागत मनतब्य श्री दिपक भट्टराईले गर्नुभएको थियो । सत्रौं पुस्तकालय दिवस मूल समारोह तथा सम्मान कायक्र्रममा सम्मानित हुनुहुने क्याम्पसमा प्राध्यापनरत सह–प्रा. भरत भुसाल, उप–प्रा. धनबहादुर पुन, उप–प्रा. सन्ध्या काफ्ले, श्री माधवकुमार पौडेल, श्री बरुण ज्ञवाली, कार्यरत कर्मचारी श्री चिरञ्जीवी गौतम लगायतले अध्ययन अनुसन्धानका लागि क्याम्पसको पुस्तकालयको उच्चतम प्रयोग गरेवापत सम्मान गरिएको थियो साथै बिभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु जसले निबन्ध प्रतियोगितामा भाग लिई उत्कृष्ट स्थान हासिल गर्न सफल वि.एम. एस. कार्यक्रम चौथो सेमेष्टरमा अध्ययनरत रेखा अर्याल प्रथम स्थान हासिल गरी नगद रु ५०००÷– र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो भने, वि.एम. एस. कार्यक्रम चौथो सेमेष्टरमा अध्ययनरत श्रृष्टि श्रेष्ठ द्वितिय स्थान हासिल गरी नगद रु ३०००÷– र प्रमाणपत्र तथा वि.वि.एस. प्रथम बर्षमा अध्ययनरत सुरक्षा वस्याल, मुना भण्डारीले तृतीय स्थान हासिल गरी नगद रु.दुई, दुई हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी क्याम्पसको पुस्तकालय तथा पुस्तकालयका पाठ्यसामाग्रीहरुको उच्चतम उपयोग गरि अध्ययन गर्ने विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु क्रमशः आयुष्मा भाट क्षेत्री, दिपा रिजाल, आषा भुसाल, सुविन ज्ञवाली, हेमन्त बहादुर बिष्ट, सन्देश बुढाथोकी, वर्षा राना, कपिल श्रेष्ठ, दिवस राना मगर, अस्मिता नेपाली दर्जी लगायतलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले क्याम्पसको स्टुडियो रुममा गएर रेकर्ड गराएका भिडियोहरु लेक्चर कक्षाहरु क्याम्पसकै युट्यव च्यानलमा राखेर पनि सुचान सम्प्रेषण गर्न सकिने कुरा उल्लेख गर्दे सम्मानित हुने सम्पूर्ण प्राध्यापक कर्मचारी तथा विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दे यस्ता प्रकारका कार्यकक्र्रमले प्रध्यापक कर्मचारी तथा विद्यार्थीहरुलाई अध्ययन तथा अनुसन्धानमुखी बन्न प्रेरित गर्ने विश्वास गर्नुभयो । कार्यक्र्रममा सम्मानित हुनुहुने प्राध्यापकबाट सहप्रा. भरत भुसाल, प्राध्यापक संघ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष उप.प्रा. धन बहादुर पुन, उपप्रा. सन्ध्या काफ्ले बिशेस समयमा बोल्दै पुस्तकालय नै अध्ययन अनुसन्धानको प्रेरणाको श्रोत भएको बताउनुभयो । त्यसैगरी सम्मानित हुने विद्यार्र्थी आयुष्मा भाट क्षेत्री, सुविन ज्ञवाली लगायतले बोल्नुभएको थियो । कार्यक्रम पुस्तकालय व्यवस्थापन तथा विकास सेलका संयोजक सह–प्रा. माधावप्रसाद नेपालज्यूको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन उप.प्रा. पुनराम घिमिरेले गर्नुभएको थियो ।

त्यस्तै गरी सोही दिन वुटवलमा लामो समयदेखि क्रियाशील महावीर पुस्तकालय, भूपी शेरचन पुस्तकालय र ज्ञानज्योति पुस्तकालयले संयुक्त रूपमा पुस्तकालय कसरी चलायमान बनाउने भत्रे विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । १८ जना पुस्तकालय प्रेमीहरूको उपस्थिति रहेको सो कार्यक्रममा साहित्यकार डा. मुरारी मराजुली, महावीर पुस्तकालयका सञ्चालक र पुस्तकालय प्रेमी विभित्र व्यक्तिहरूले आफ्नो धारणा राखेका थिए ।
त्यसै गरी सिद्धार्थनगर भैरहवाको रवि पथमा रहेको शहीद स्मृति पुस्तकालयले पनि भाद्र १५ गते “निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मूल नाराका साथ सत्रौँ पुस्तकालय दिवस ज्येष्ठ पुस्तकालय सेवीहरूलाई सम्मान गरी भव्यताका साथ मनायो । शहीद स्मृति पुस्तकालयको सभाहलमा सम्पत्र सो कार्यक्रममा पुस्तकालयका आजीवन सदस्यहरूमध्ये ज्येष्ठ सदस्यहरू दिलिप भट्टराई, डि.आर. शर्मा, घनश्याम गौतमलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष रुद्र ज्ञवालीको अध्यक्षता, नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यता तथा संस्थाका सचिव गोपालप्रसाद अर्यालको सञ्चालनमा सम्पत्र भएको उक्त कार्यक्रममा वनमाली निराकार, विजय सागर, डिल्लीराज भट्टराई, गोविन्द बल्लभ भट्ट, प्रा.डा. कपिलदेव लामिछाने र सम्मानित व्यक्तित्वहरूले आआफ्ना धारणा राखेका थिए ।

पुस्तकालय दिवसको अवसर पारी लुम्बिनी साँस्कृतिक नगरपालिका स्थित लुम्बिनी बौद्ध विश्वविद्याल केन्द्रीय पुस्तकालयद्वारा आयोजित सत्रौँ राष्ट्रिय पुस्तकालय दिवस वकृत्वकला प्रतियोगिता, साँस्कृतिक तथा सम्मान कार्यक्रमहरु गरी सम्पन्न गरियो । राष्ट्रिय पुस्तकालय दिवस मनाउने सन्दर्भमा विद्यार्थी केन्द्रीत कार्यक्रमहरु आयोजना गरिएको थियो । वकृत्वकला प्रतियोगितामा विभिन्न संकायमा अध्ययनरत १३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यसैगरी विभिन्न संकायमा अध्ययनरत २० जना विद्यार्थीहरुले नेपाली लोकसँस्कृति र राष्ट्रियता झल्कने नृत्य तथा गित प्रस्तुत गरेका थिए ।
पुस्तकालय दिवसको अवसरमा वकृत्वकला प्रतियोगितामा भाग लिने उत्कृष्ट विद्यार्थी पुस्तकालयको अत्यधिक प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरियो । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रम पुस्तकालय प्रमुख डा. शारदा पौडेलको अध्यक्षतामा केन्द्रीय पुस्तकालयको सभाहलमा सञ्चालन गरिएको थियो । यस कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, विशिष्ट अतिथि रजिष्ट्रार डा. तीलकराम आचार्य, अतिथिहरुमा बौद्ध अध्ययन संकाय डिन, मानविकी तथा समाजशास्त्र अध्ययन संकाय डिन, क्याम्पस प्रमुख, परीक्षा नियन्त्रक, विभिन्न निकायका प्रमुखहरु स्थानिय व्यक्तित्व, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । स्वाग

त मन्तब्य श्रीमती सन्जु भण्डारीले गर्नुभएको थियो भने पुस्तकालय दिवसको महत्व, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय पुस्तकालयको हालको अवस्था र भावी योजनाको बारेमा श्रीमती कमला गौतमले स्पष्ट पार्नुभएको थियो ।

सत्रौँ पुस्तकालय दिवसको आदर्श वाक्य “निरन्तर शिक्षाका लागि पुस्तकालय” शिर्षकमा आयोजित वकृत्वकला कार्यक्रममा उत्कृष्ट प्रतिभा प्रस्तुत गरी प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थी अमर पाण्डे, द्धितिय स्थान प्राप्त गर्न सफल विद्यार्थी मनिषा खत्री, तृतिय स्थान प्राप्त गर्न सफल विद्यार्थी लाक्पा फुन्सोक र चौथो स्थान प्राप्त गर्न सफल विद्यार्थी अनिल गुरुङलाई मेडल, प्रमाणपत्र र मायाको चिनोले सम्मान गरियो । त्यसै गरी विश्वविद्यालयअन्र्तगत रहेका पुस्तकालयका पाठ्यसामाग्रीहरुको उच्चतम् उपयोग गरी अध्ययन अनुसन्धान गर्ने शिक्षकहरुतर्फ श्री संजय शाक्य, श्री रविन्द्र डंगोल श्री गजेन्द्र गुप्ता र विद्यार्थीहरुतर्फ दिक्षा ज्ञवाली र विनोद लोधलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरियो । साँस्कृतिक नृत्य तथा गित प्रश्तुत गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने पुस्तकालयमा लामो समयसम्म काम गरी हालक्याम्पस प्रशासनमा कार्यरत श्री विजयसिंह क्षेत्रीलाई पुस्तकालयबाट विदाइ तथा सम्मान गरियो । कार्यक्रमको बिचबिचमा प्रश्तुत गरिएको नेपाली लोकसँस्कृति र राष्ट्रियता झल्कने नृत्य तथा गितको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षित गराएको थियो ।
कार्यक्रममा बोल्दै रजिष्ट्रार डा. तीलकराम आचार्यले प्रध्यापक शिक्षक कर्मचारी तथा विद्यार्थीहरुलाई पुस्तकालयको अत्याधिकप्रयोग गरी अध्ययन तथा अनुसन्धानमुखी बन्न प्रेरित गर्नुभयो साथैपुस्तकालयको सेवा सुविधा विस्तार तथा विकासका क्रममा देखिएका समस्यालाई समाधान गर्नका लागि नियमनिर्माण तथा परिमार्जन गर्न सदैब तयार रहेको स्पष्ट पार्दै सम्मानित सम्पुर्ण महानुभावहरुलाई बधाई ज्ञापन गर्नुभयो ।


कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले पुस्तकालय भनेका ज्ञान तथा सूचनाका भण्डार हुन् । गुणस्तरीय शिक्षाको केन्द्र, राष्ट्रको शैक्षिक एवम् आर्थिक विकासको मेरुदण्ड र विश्वमा आएका सूचना तथा सञ्चार प्रविधिहरुको तीब्रत्तर परिवर्तन गर्न अध्ययन अनुसन्धान गर्ने व्यक्तित्वहरुको आधारस्तम्भ नै पुस्तकालय रहेको प्रष्ट पार्दै पुस्तकालयको महत्वलाई सरल भाषामा स्पष्ट पार्नुभएको थियो भन,े कार्यक्रमका अध्यक्ष डा. शारदा पौडेलले सत्रौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुलाई धन्यवाद दिँदै पुस्तकालय नै अध्ययन अनुसन्धानको प्रेरणाको स्रोत भएको बताउनुभयो । पुस्तकालयको विकास तथा सुविधा विस्तारको लागि आफु निरन्तर लाग्ने वाचा सहित कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रध्यापक श्री लिलामणि पाण्डेले गर्नुभएको थियो ।

~विष्णुप्रसाद गजुरेल, रुपन्देही, नेपाल पुस्तकालय संघ, लुम्विनी प्रदेश संयाेजक हुनुहुन्छ ।

nlanews

Related Posts

Global Library Summit 2025: A Landmark Event in Library Diplomacy

New Delhi, February 5-7, 2025 – The much-awaited Global Library Summit 2025 commenced at the South Asian University, New Delhi, bringing together scholars, librarians, and information professionals from across the…

Nepal Library Association Launches First Annual Magazine, Intellect Horizon

Kathmandu, January 24, 2025 –Nepal Library Association (NLA) proudly announces the publication of its first annual magazine, on the occasion of International Education Day. The inaugural ceremony took place in…

Leave a Reply

Your email address will not be published. Required fields are marked *